विराटनगर-प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३८७ जनामा कोरोना संक्रमण भएको छ । १ हजार १ सय १४ जनाको पीसीआर परीक्षण गर्दा २८३ र ६४२ जनाको एन्टिजेन परीक्षण गर्दा १०४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ९८, सुनसरीमा ९४, मोरङमा ७६, इलाममा ५, संखुवासभामा ३, भोजपुर र धनकुटामा २-२, ओखलढुङ्गा, उदयपुर र प्रदेश १ बाहिरका १-१ जनामा संक्रमण देखिएको हो ।

झापाको दमकमा २२, विर्तामोडमा २०, बुद्धशान्ति र कनकाईमा ९-९, गौरादहमा ८, मेचीनगरमा ७, भद्रपुर र अर्जुनधारामा ६-६, शिवसताक्षीमा ५,  बार्‍हदशी र कमल गाउँपालिकामा २-२, गौरीगञ्ज र स्थानीय तह नखुलेका १-१, सुनसरीको इटहरीमा ६४, धरानमा १६, रामधुनीमा ५, बराहक्षेत्रमा ४, इनरुवामा २, दुहवी, हरिनगर र कोशी गाउँपालिकामा १-१ जनामा संक्रमण पुष्टि भएको हो । 

त्यसैगरि मोरङको विराटनगरमा ४३, सुन्दहरैचामा १०, केराबारीमा ७,  उर्लाबारीमा ६, लेटाङमा ३, बुढीगंगा, बेलबारी र पथरीशनिश्चरेमा २-२, रतुवामाईमा १, इलामको इलाम नगरपालिकामा ३, रोङमा २, संखुवासभाको मकालु, खाँदबारी र स्थानीय तह नखुलेका १-१, भोजपुरको भोजपुर नगरपालिकामा २, धनकुटाको धनकुटा नगरपालिकामा २, ओखलढुङ्गाको सिद्धिचरण, उदयपुरको त्रियुगा र प्रदेश १ बाहिरका १-१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको  छ । प्रदेश १ मा आज ३९३ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १९३ महिला र २०० पुरुष रहेका छन् ।