विराटनगर-प्रदेश १ मा पछिल्लो २४ घण्टामा १० जनाको कोरोना संक्रमणको कारण मृत्यू भएको छ । जसमा ८ पुरुष र २ महिला छन । त्यस्तै सोही अवधिमा ५ सय ७४ जनामा कोरोना संक्रमण भएको छ । १ हजार २८१ जनाको पीसीआर परीक्षण गर्दा ४१० र ७५८ जनाको एन्टिजेन परीगण गर्दा १६४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १७१, मोरङमा ९८, सुनसरीमा ९६, इलाममा १२, उदयपुरमा १०,  धनकुटामा ८, पाँचथरमा ३, संखुवासभा र भोजपुरमा २-२, ताप्लेजुङ र तेर्‍हथुममा १-१ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको हो ।

झापाको विर्तामोडमा ४८, दमकमा २८, भद्रपुरमा २०, शिवसताक्षीमा १८, अर्जुनधारामा १२, मेचीनगर र कनकाईमा १०-१०, बुद्धशान्ति र कमल गाउँपालिका ९-९, बार्‍हदशीमा ४, हल्दिबारीमा २ र स्थानीय तह नखुलेका १, मोरङको विराटनगरमा ४२, बेलबारीमा २२, सुन्दरहरैचामा १४, उर्लाबारीमा ६, बुढीगंगामा ५, पथरीशनिश्चरेमा ३, कानेपोखरी र ग्रामथानमा २-२, रतुवामाई र लेटाङमा १-१ जनामा संक्रमण पुष्टि भएको हो । 

सुनसरीको इटहरीमा ६६, धरानमा १९, दुहवी र इनरुवामा ३-३, रामधुनीमा २, बर्जु, भोक्राहानरसिंह र स्थानीय तह नखुलेका १-१, इलामको सुर्योदयमा ३, देउमाई, इलाम नगरपालिका, रोङ र चुलाचुलीमा २-२, स्थानीय तह नखुलेका १, उदयपुरको बेलकामा ४, चौदण्डीगढीमा ३, त्रियुगा, उदयपुरगढी र स्थानीय तह नखुलेका १-१, धनकुटाको धनकुटा नगरपालिकामा ८, पाँचथरको फिदिम, हिलिहाङ र स्थानीय तह नखुलेका १-१, संखुवासभाको खाँदबारीमा २, भोजपुरको भोजपुर नगरपालिका र स्थानीय तह नखुलेका १-१, ताप्लेजुङको मिक्वाखोला, तेर्‍हथुमको म्याङलुङमा १-१ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ३८८ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १९० महिला र १९८ पुरुष रहेका छन् ।