विराटनगर–प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यू भएको छ । मृत्यू हुनेमा ३ महिला र ३ पुरुष रहेका छन । ३ सय ४८ जनामा कोरोना संक्रमण देखिएको छ । ९ सय २९ जनाको पीसीआर परीक्षण गर्दा २ सय ६५ र ४ सय ४० जनाको एन्टिजेन परीक्षण गर्दा ८३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ९१, मोरङमा ८९, सुनसरीमा ५५, पाँचथरमा १८, इलाममा ६, तेर्‍हथुममा २, धनकुटामा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको हो ।

झापाको दमकमा ३२, विर्तामोडमा १९, शिवसताक्षीमा १०, कनकाईमा ७, कमल गाउँपालिकामा ६, मेचीनगर र अर्जुनधारामा ४-४, गौरादहमा ३, भद्रपुर र बुद्धशान्तिमा २-२, हल्दिबारी र झापा गाउँपालिकामा १-१, मोरङको विराटनगरमा ३९, सुन्दरहरैचामा २३, पथरीशनिश्चरेमा १५, उर्लाबारीमा ५, कटहरीमा २, सुनबर्षी, ग्रामथान, बुढीगंगा, रतुवामाई र बेलबारीमा १-१ जनामा संक्रमण पत्ता लागेको छ । 

सुनसरीको इटहरीमा ४१, इनरुवा र बराहक्षेत्रमा ४-४, धरानमा ३, रामधुनीमा २, दुहवीमा १, पाँचथरको फिदिममा १४, फाल्गुनन्दमा २, हिलिहाङ र फालेलुङमा १-१, इलामको चुलाचुली र इलाम नगरपालिकामा २-२, सुर्योदय र माईमा १-१, तेर्‍हथुमको फेदापमा २, धनकुटाको पाख्रिबासमा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ३८२ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १८९ महिला र १९३ पुरुष छन् ।