विराटनगर - मापसे (मादक पदार्थ सेवन) गरेर पुलबाट हामफालेका मोरङमा एक युवालाई खोलाले बगाएर बेपत्ता बनाएको छ ।  रंगेली नगरपालिका–७ का २९ वर्षीय सुरेश मण्डलले शनिबार दिउँसो २ बजेतिर बक्राहा खोलामा हामफालेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार पुलबाट हामाफाल्नसाथ खोलाले बगाएर मण्डललाई बेपत्ता बनाएको हो । स्थानीय बासिन्दाको सहयोगमा खोजी जारी राखिए पनि फेला पार्न नसकिएको श्रेष्ठले बताए । उहाँका अनुसार खोलामा हामफाल्नुअघि मण्डलले मापसे गरेको जानकारी स्थानीयले प्रहरीलाई दिएका छन् ।