विराटनगर-प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४ पुरुष र २ महिला गरि ६ जनाको मृत्यू भएको छ ।  ४ सय ८४ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ६९ जनाको पीसीआर परीक्षण गर्दा २ सय ९७ र ९ सय ४५ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय ८७ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मोरङमा १२३, झापामा ९८, सुनसरीमा ५३, धनकुटामा ९, इलाममा ६, पाँचथरमा २, खोटाङ, उदउयपुर र संखुवासभामा १-१ र प्रदेश १ बाहिर ३ जनामा संक्रमण देखिएको हो ।

मोरङको विराटनगरमा ६३, लेटाङमा ३०, बेलबारीमा १६, उर्लाबारीमा ५, पथरीशनिश्चरे र सुन्दरहरैचामा ३-३,  कानेपोखरी, मिक्लाजुङ र स्थानीयतहनखुलेका १-१, झापाको विर्तामोडमा २८, शिवसताक्षी र दमकमा १४-१४ दमकमा १३, मेचीनगरमा ११, अर्जुनधारामा ८, भद्रपुरमा७, कनकाईमा ६, कमलगाउँपालिकामा ३,  बुद्धशान्ति र बार्‍हदशीमा २-२, गौरादह, हल्दिबारी र झापागाउँपालिकामा १-१ जनामा संक्रमण पुष्टि भएको छ । 

त्यसैगरि सुनसरीको धरानमा ३४, इटहरीमा १२, रामधुनीमा ३, इनरुवामा २, बराहक्षेत्र र दुहवीमा १-१, धनकुटाको धनकुटा नगरपालिकामा ८, महालक्ष्मीमा १, इलामको इलामनगरपालिका र चुलाचुलीमा २-२, सुर्योदय र मांसेबुङमा १-१, पाँचथरको फिदिम र फालेलुङमा १-१, खोटाङको खोटेहाङ, उदयपुरको चौदण्डीगढी र संखुवासभामा१-१ र प्रदेश १ बाहिर ३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ माआज ४९१ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २२६ महिला र २६५ पुरुष रहेका छन् ।