विराटनगर-प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यू भएको छ । ६ महिला र तीन पुरुषले कोरोनाको संक्रमणको कारण ज्यान गुमाएका छन । यो अवधिमा ६ सय ३९ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ५ सय ६५ जनाको पीसीआर परीक्षण गर्दा ४३३ र १ हजार ७८ जनाको एन्टिजेन परीक्षण गर्दा २०४ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १५०, मोरङमा १३८, सुनसरीमा १०५, इलाममा १२, धनकुटामा ८, भोजपुरमा ४, तेर्‍हथुम र उदयपुरमा ३-३, पाँचथर, सोलुखुम्वु र संखुवासभामा १-१ र प्रदेश १ बाहिरका ७ जनामा संक्रमण देखिएको हो । 

झापाको विर्तामोडमा ४३, कनकाईमा २०, मेचीनगरमा १७, दमकमा १६, शिवसताक्षीमा १३, अर्जुनधारामा १२, बार्‍हदशी र बुद्धशान्तिमा ८-८, कमल गाउँपालिकामा ६, भद्रपुरमा ५, गौरादह र स्थानीय तह नखुलेका १-१ संक्रमण पुष्टि भएको छ । 

मोरङको विराटनगरमा ५१, सुन्दरहरैचामा ४२, पथरीशनिश्चरेमा २०, केराबारीमा ११, बेलबारी र उर्लाबारीमा ३-३, लेटाङ, रतुवामाई , बुढीगंगा र मिक्लाजुङमा २-२, सुनसरीको इटहरीमा ६५, धरानमा ३०, इनरुवामा ४, बराहक्षेत्र र रामधुनीमा २-२, गढी र स्थानीय तह नखुलेका १-१ जनामा संक्रमण पुष्टि भएको छ । 

इलामको इलाम नगरपालिकामा ५, चुलाचुलीमा ३, माईजोगमाई, माई, सुर्योदय र रोङमा १-१, धनकुटाको धनकुटा नगरपालिकामा ५, पाख्रिबासमा २, स्थानीय तह नखुलेका १, भोजपुरको अरुणमा २, भोजपुर नगरपालिका र हतुवागढीमा १-१, तेर्‍हथुमको आठराईमा २ र लाली गुराँसमा १, उदयपुरमा ३, पाँचथरमा १, सोलुखुम्वुमा १, संखुवासभाको खाँदबारीमा १ र प्रदेश १ बाहिरका ७ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ५ सय २८ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २ सय ६३ महिला र २ सय ६५ पुरुष रहेका छन् ।