विराटनगर-‘आमा दिदी बहिनी हो कति बस्छौं दासी भई सुखको सधै प्यासी बनेर’ यहि गितले ३० को दशकमा पंचायतको जग हल्लाउने काम गरेको थियो । तिनै गितका जनवादी गायक जेवि टुहुरे(जुठबहादुर खड्गी)को बिहिबार निधन भएको छ । टुहुरेको संघिय राजधानीको बयोधा अस्पतालमा बिहीबार उपचारका क्रममा निधन भएको हो ।


टुहुरे गत मंगलबार घरमा एक्कासी लडेपछि उपचारका लागि बयोधा अस्पताल लगिएको थियो । मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापका दीर्घरोग रहेका टुहुरे माओवादी केन्द्रनिकट जनसांस्कृतिक महासंघका निवर्तमान अध्यक्ष हुन् । लामो समय एमालेमा रहेका टुहुरे पछिल्लो समय माओवादी केन्द्रको जनसाँस्कृतीक फाँटमा आवद्ध थिए । 


उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि साढे १ बजेदेखि २ बजेसम्म माओवादीको पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिनेछ । बिहीबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।

सुनसरीको धरान घर भएका टुहुरे वि.सं. २०२४ सालदेखि सांगीतिक क्षेत्रमा प्रवेश गरेका थिए । उनका टुहुरेले १ सय ५० भन्दा बढी गीत रेकर्ड गरिएका छन । ‘आमा दिदी बहिनी हो’ बोलको गित उनले गाएको मध्ये सबैभन्दा बढी रुचाईएको गित हो ।