विराटनगर- विराटनगरको एउटा विद्यालयमा चोरी भएको छ । महानगरपालिका–१९ वैजनाथपुरस्थित पञ्चकन्या आधारभूत विद्यालयको भेन्टिलेसन तोडेर चोरी गरिएको प्रधानाध्यापक सुवासचन्द्र रेग्मीले जानकारी दिए ।

प्रअ रेग्मीको कार्यकक्षको भेन्टिलेसन तोडेर कम्प्युटर, प्रिन्टर, सिलिङ पंखा र इन्टरनेटको राउटर चोरी भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए । उनका अनुसार भेन्टिलेसनबाट प्रअको कार्यकक्षमा पसेर रातको समयमा चोरी गरिएको पाइएको छ ।

विद्यालयले झण्डै एक लाख मूल्य बराबरको चोरी भएको जानकारी प्रहरीलाई दिएको छ । चोरीमा संलग्नको पहिचान हुन नसकेको र खोजी तीव्र पारिएको डीएसपी श्रेष्ठले बताए ।