विराटनगर-कोभिडको कारण थला परेको अर्थतन्त्र र नयाँ सरकार आएसंगै नयाँ आर्थिक नीतिका साथ अघि बढ्ने तयारीका बिच पनि सरकारलाई भने खुसीको खबर मिलेको छ । 

साउन महिनामा राजस्व संकलनमा सफलता मिलेको छ । सरकारले चालु वर्षको ३५ दिनमा १ खर्ब भन्दा बढि राजस्व संकलन गरेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार भदौ ५ गतेसम्म १ खर्ब १३ अर्ब ६३ करोड राजस्व संकलन गरेको छ ।


कार्यालयका अनुसार कर राजस्व ८३ अर्ब ३५ करोड छ भने गैरकर राजस्व १७ अर्ब २६ करोड संकलन गरेको छ । अन्य स्रोतबाट  १३ अर्ब संकलन गरेको कार्यालयले जनाएको छ ।


साउन महिनामा आन्तरिक राजस्व र भन्सार विभाग दुबै निकायले लक्ष्यभन्दा धेरै राजस्व संकलन गरेको थियो। भन्सार विभागले मात्रै ४१ अर्ब राजस्व पहिलो महिनामै संकलन गरेको थियो। यो लक्ष्यभन्दा ११ अर्बले बढि हो ।


यस्तै खर्च तर्फ भने सरकारले १८ अर्ब २७ करोड मात्रै खर्च गरेको छ । जुन कुल खर्च लक्ष्यको १ प्रतिशत मात्रै हुन आउँछ । यो वर्ष सरकारले कुल प्राप्ति ११ खर्ब ५१ अर्ब ६० करोड संकलनको लक्ष्य लिएको छ ।