विराटनगर-झापा बिर्तामोड नगरपालिका ९ देवकोटा चोकबाट लागूऔषध ब्राउन सुगर सहित दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा झापा बिर्तामोड नगरपालिका ८ का २० बर्षीय गोपाल बिश्वकर्मा र ईलाम माई नगरपालिका ६ घर भई हाल बिर्तामोड नगरापालिका ८ स्थितमा डिडिआर फार्मेसी संचालन गरी बस्ने २० बर्षीय भिष्म वुढाथोकी रहेका छन् ।  शुक्रबार बेलुका साढे ४ बजे बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीको प्रहरी टोलीले उनिहरुलाई ब्राउन सुगर ५ ग्राम ५१० मिलिग्राम सहित प्रकाउ गरिएको हो । पक्राउ परेका दुवैजना माथि थप अनुसन्धान भईरहेको छ ।