विराटनगर-प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८४१ जनामा कोरोना संक्रमण देखिएको छ । मृत्यू हुनेमा ७ महिला र ४ पुरुष रहेका छन ।  १ हजार ५१४ जनाको पीसीआर परीक्षण गर्दा ३९६ र १ हजार ४७५ जनाको एन्टिजेन परीक्षण गर्दा ४४५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापा र मोरङमा १३५-१३५, सुनसरीमा ८२, इलाममा २१, धनकुटामा १०, भोजपुरमा ३, पाँचथर, उदयपुर र तेर्‍हथुममा २-२, ताप्लेजुङ र खोटाङमा १-१ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको हो ।


झापाको दमकमा ५९, विर्तामोडमा २०, अर्जुनधारामा १३, मेचीनगरमा ११, शिवसताक्षीमा ८, कनकाई र भद्रपुरमा ७-७, कमल गाउँपालिकामा ४, गौरादह र बुद्धशान्तिमा ३-३, मोरङको विराटनगरमा ५१, लेटाङमा २३, बेलबारीमा २२, पथरीशनिश्चरेमा १६, उर्लाबारीमा १०, सुन्दरहरैचामा ४, रतुवामाईमा ३, रंगेली र मिक्लाजुङमा २-२, कानेपोखरी र केराबारीमा १-१ जना संक्रमित फेला परेका छन । 


सुनसरीको इटहरीमा ४८, धरानमा २७, इनरुवामा ३, बराहक्षेत्रमा २, भोक्राहानरसिंह र स्थानीय तह नखुलेका १-१, इलामको रोङमा १३, इलाम नगरपालिकामा ४, चुलाचुलीमा २, सुर्योदय र सन्दकपुरमा १-१, धनकुटाको धनकुटा नगरपालिकामा ६, पाख्रिवासमा २, साँघुरीगढी र स्थानीय तह नखुलेका १-१, भोजपुरको षडानन्दमा १ र स्थानीय तह नखुलेका २, पाँचथरको फिदिम र फालेलुङमा १-१, उदयपुरको त्रियुगामा २, तेर्‍हथुमको म्याङलुङमा २-२, ताप्लेजुङ र खोटाङमा १-१ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।


प्रदेश १ मा आज ४०९ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २१७ महिला र १९२ पुरुष रहेका छन ।