विराटनगर- मोरङको रंगेली नगरपालिका–१ स्थित शिखर टोलमा सामान्य पानी जमेको खाल्डोमा एक जना वृद्ध पुरुषको शव भेटिएको छ । बाटो छेउमा रहेको खाल्डोको पानीमा अनुहार मात्रै डुबेको अवस्थामा रंगेली–१ का ६२ वर्षीय दीपक सुन्दासको शव मंगलबार साँझ भेटिएको हो ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार डुबेर मानिसको मृत्यु हुने खालको खाल्डो नभएको पाइएको छ । उनले घटनाको अनुसन्धान थालिएको बताए । रंगेली अस्पतालमा शवको पोस्टमार्टम गरिएको प्रहरीले जनाएको छ ।

