विराटनगर-  राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेकी छन् । हिजो (मंगलबार) मन्त्रिपरिषद्ले निर्णय गरी सिफारिस गरेको केन्द्रीय समिति वा संसदीय दलको २० प्रतिशतले दल विभाजन गर्ने व्यवस्थासहितको अध्यादेश बुधबार राष्ट्रपतिले जारी गरेकी हुन् ।

बुधबार दिउँसो १ बजे अध्यादेश जारी भएको राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिएकाछन । राष्ट्रपतिले जारी गरेसँगै अध्यादेश राजपत्रमा प्रकाशनका लागि पठाइने बताईएको छ ।

राजपत्रमा प्रकाशित भएपछि राजनीतिक दलसम्बन्धी ऐन, २०७३ स्वतः निस्क्रिय हुनेछ । अध्यादेश जारीभएपछि अब कुनै पनि दलले आफ्नो दलको केन्द्रीय समिति वा संसदीय दलमध्ये जुनसुकैको २० प्रतिशत र्पुयाएर अर्काे दल गठन गरेमा त्यसले वैधानिकता पाउनेछ ।