विराटनगर-इटहरीको इतिहासकाविभिन्नपक्षबारे उजागर गरिएको पुस्तकइतिहासमा इटहरी विमोचन गरिएको छ । नेप्ली मिडिया प्रा.लि.ले प्रकाशन गरेको पुस्तकलाई इटहरीकाविभिन्न क्षेत्रका ऐतिहासिकव्यक्तिहरुको उपस्थितीमाविमोचन गरिएको हो ।

इटहरीकापहिलो मन्त्री रामकुमार सुब्बा, पहिलो मेयर तथावर्तमानप्रदेश सांसद सर्वध्वज साँवा, मेयर द्वारिकलाल चौधरी, इटहरीकापहिलो फिल्मनिर्मातातथाजग्गादाता हेमनारायण चौधरी र इटहरीकापहिलो स्कुल सञ्चालक डेबिट सुब्बाले संयुक्त रुपमा पुस्तकविमोचन गरेका थिए ।

३३६ पृष्ठको उक्त पुस्तकमा इटहरीको कला, संगीत, साहित्य, व्यापार, शिक्षा, स्वास्थ्य, खेलकुदलगायतविभिन्नविषयसँग सम्बन्धित ऐतिहासिक घटनाक्रमहरु समावेश गरिएको छ । वर्तमानअवस्थाका साथै इटहरीको भावि सम्भावनाहरुसमेत पुस्तकले उजागर गरेको छ ।

कार्यक्रमकाअवसरमाइटहरीको इतिहासलाई उजागर गर्ने, अभिलेखन गर्ने र विभिन्न समयमाप्रकाशन गर्ने तीनजनाव्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । अग्रजपत्रकार कृष्णविनोदलम्साल, अग्रजपत्रकार तथा राजनीतिज्ञ रमेश विष्ट र संगीतकर्मी तथा सामाजिकअभियानकर्मी राजु केसी सम्मानितभएकाछन् । तीनै जना इटहरीको इतिहासलाई खोज गरी उजागर गर्ने कार्यमा लामो समयदेखि सक्रिय छन् ।

विमोचनकार्यक्रममाबोल्दै पूर्वमन्त्रीकुमार सुब्बाले पुस्तकले भविष्यको लागिअझदायित्वथपेको बताए । उनले अझ परिस्कृत गर्दै आगामी संस्करण प्रकाशन गर्न सुझावदिए । उनले इटहरीको ऐतिहासिक घटनाबारे समेत बताएकाथिए ।
यस्तै पुर्व मेयर सर्वध्वज साँवाले इटहरीको लागि महत्वपूणर् पुस्तकप्रकाशनभएको र यसले धेरै विषय समेटेको बताउँदै कुनै विषय छुटेका भएपुनर्लेखन गरेर समेट्न सुझावदिए ।

यस्तै इटहरीकामेयर द्वारिकलाल चौधरीले पुस्तकप्रकाशनभएकोमा सह्रनागर्दै यो ऐतिहासिकउपलब्धीभएको बताए । इटहरी बन्नमा सबैको योगदान रहेको कुरा किताबमा समेटिएको पाइएको बताउँदै उनले इटहरीकाविभिन्न स्थानहरुको नामाकरणबारे चर्चा गरेका थिए । 

विभिन्न पार्टी तथा संघसंस्थाकाप्रतिनिधि र विभिन्न क्षेत्रकानगरवासीहरुको उपस्थिती रहेको कार्यक्रममाजनता समाजवादी पार्टीका प्रदेश सदस्यतथाआदिवासीजनजातिमहासंघ सुनसरी अध्यक्ष राम राई, एमाले नगर अध्यक्षयामकुमार सुब्बालेसमेत शुभकामनादिएकाथिए । 

कार्यक्रममानेप्ली मिडिया प्रालिकानिर्देशकतथा पुस्तकका संकलकतथा सम्पादकहिमालदाहालले पाँचवर्षको तयारीमा पुस्तकप्रकाशनभएको जानकारी दिँदै धेरै नगरवासीहरुले सहयोग गरेको जानकारी दिए । उनले पुस्तकमाभएकाकमीकमजोरीलाई सच्याएर अर्को संस्करण प्रकाशन गर्नेसमेत बताए ।उनले इतिहासलाई बेलैमा अभिलेख गर्नसमेत आग्रह गरे ।

कार्यक्रममापुस्तकप्रकाशन टिममा रहेर विविधजिम्मेवारी निभाउने विभिन्नव्यक्तिहरुलाई धन्यवादपत्र समेत दिइएको थियो । कार्यक्रमभूमिकापाख्रिनले सञ्चालन गरेकीथिइन् ।

नेप्ली मिडिया प्रालिविगत ६ वर्षदेखि वृत्तचित्रनिर्माण, तालिमहरु, रिसर्च, विज्ञापन, प्रबद्र्धनलगायतका क्षेत्रमा सक्रिय छ । ‘इतिहासमा इटहरी’ नामक वृत्तचित्रनिर्माण गरेर प्रदर्शनसमेत गरीसकेको उक्त संस्थाले विराटनगरको ऐतिहासिक वृत्तचित्र ‘विराट विराटनगर’ लगायतविभिन्न स्थान, संस्थाहरुको वृत्तचित्रनिर्माणको काम गरिसकेको छ ।