विराटनगर - कोशि अस्पतालमा नक्कली डाक्टर बनेर विरामी जाच गर्ने एकजनालाई मोरङ प्रहरीले  पक्राउ गरेको छ । सोमबार राती १२ बजे मदिरा सेवन गरेर  विराटनगरस्थित कोशी अस्पतालको गाइनो वार्डमा विरामी परीक्षण गर्ने विराटनगर ६ सरौचियाका ३८ वर्षीय अमृत बानिया पक्राउ परेकाहुन  ।

पक्राउ परेका बानियालाई ‘अभद्र व्यवहारको मुद्दा’ मा म्याद थप गरेर अनुसन्धान सुरू गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । ‘अबेरराती मदिरा सेवन गरेपछि नक्कली डाक्टर बनेर कोशी अस्पतालमा विरामीको स्वास्थ्य जाँच गर्न गएको पाइएको छ,’। ‘पक्राउ परेका बानियालाई म्याद थप गरि अनुसन्धान सुरू गरेका डिएपी श्रेष्ठले बताए ।’

कोशी अस्पतालले पनि पक्राउ परेका बानियालाई आवश्यक कारवाहीको लागि मोरङ प्रहरीमा पत्र पठाएको मेडिकल सपरिटेण्डेन डाक्टर चुमनलाल दासले जानकारी दिए । ‘मध्यराती अस्पताल छिरेर नक्कली डाक्टरको भेषमा अभद्र व्यवहार गरेपछि अस्पतालको छिमेकी प्रहरीले पक्राउ गरेको रहेछ,’ मेसु दासले भने, ‘आवश्यक कारवाहीको लागि मोरङ प्रहरीमा पत्र पठाएका छौं ।

प्रहरीले थप कारवाही गर्नेउनले बताए ।’ पक्राउ परेका बानियाले गाइनो वाडको वेस्टिङ्ग रूपमा पुगेर विरामीको सम्वेदनसिल अङ्गमा छोएको आरोप रहेको छ ।पक्राउ परेका बानियाले गाइनो वार्डमा सिधै गएर विरामीको स्वास्थ्य परीक्षण गरेका थिए । तीन जना विरामीको स्वास्थ्य परीक्षण गर्दा पञ्जासमेत नलगाइ उपचार गर्न खोजेपछि नक्कली डाक्टर भएको खुलेको प्रहरीले बताएको छ ।