विराटनगर-  विराटनगर १३ स्थित रहेको तयारी कपडा उत्पादन गरी विदेश निर्यात गर्दै आएको ट्राइकोट इन्डस्ट्रिजका कार्यकारी प्रमुख सञ्जय चाण्डोक पक्राउ परेका छन । महिलाश्रमिकमाथि दुव्र्यवहार  गरेको आरोपमा कार्यकारी प्रमुख चाण्डोक पक्राउ परेका हुन । मोरङका प्रहरी नायव उपरीक्षक डिएसपी दीपक श्रेष्ठले दुव्र्यवहारको आरोप लागेपछि कार्यकारी प्रमुख चाण्डोकलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको बताए ।

उद्योगमै कार्यरत एक महिला कर्मचारीमाथि कार्यकारी प्रमुख चाण्डोकले दुव्र्यवहार गरेको आरोप छ । यता प्रमुख चाण्डोकमाथि कारबाहीको माग गर्दै उद्योगका मजदुर मंगलबार उधोग परिसरमै नाराबाजी गर्दै आन्दोलित भएका छन । विराटनगर–१३ स्थित ट्राइकोट इन्डस्ट्रिज प्रालिका मजदुरले चाण्डोक कार्यकारी प्रमुख भएर आएपछि महिला श्रमिकमाथि दुव्र्यवहार हुन थालेको आरोप लगाएका छन । करिब ३ वर्ष अघि चाण्डोक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा आएका हुन ।

उनले श्रमिक महिलाहरुलाई पटक–पटक दुव्र्यवहार गरेको भन्दै मजदुरले उद्योग परिसरमा नाराबाजी गरेका थिए ।उद्योगका मजदुर पदर्शनमा उत्रिएपछि घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रानीबाट प्रहरीको टोली पुगेको थिया े। ट्राइकोटमा ३५० जना भन्दा बढी मजदुर कार्यरत रहेकाछन जसमध्ये १५० जना महिला कामदार रहेको बताइएको छ।