विराटनगर-  देशव्यापी रुपमा वडा समिति निर्माणमा जुटेको नेकपा माओवादी केन्द्रले विराटनगर महानगरपालिकाका १९ वटै वडामा समिति निर्माण गरेको छ । माओवादी केन्द्र विराटनगरका सचिव हेमबहादुर कार्कीले दिएको जानकारी अनुसार हालसम्म ५ सय ५५ जना समितिमा आबद्ध भएका छन् भने ३ सय जना पछि थप गर्ने गरी समिति निर्माण गरिएको हो ।माओवादीले विराटनगरमा आफ्ना ४ हजार ५ सय साधरण सदस्य रहेको जनाएको छ ।

यसैबीच विराटनगरको वडा नम्बर ६ मा विभिन्न पार्टी छोडेर ६९ जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् । माओवादी नगरका सचिव कार्कीले दिएको जानकारी अनुसार प्रवेश गर्नेहरुमा पूर्व मालेका जिल्ला सचिव नारायण चौधरी, राजपा विराटनगरका इन्चार्ज मेहताव खान, बहुजन शक्ति पार्टीका मोरङ सुनसरी अध्यक्ष नारायण पासवान लगायत माओवादीमा प्रवेश गरेका हुन् । वडा समिति निर्माण गर्ने क्रममा उनीहरु पार्टी प्रवेश गरेको माओवादीले जनाएको छ ।