विराटनगर-अनेरास्ववियुकी केन्द्रिय नेतृ सुनिता बरालको पुस्तक ‘समृद्धि प्रतिको संकल्प’ शनिबार काठमाडौंमा बिमोचन गरिएको छ । समसामयीक राजनीतिक बिषयमा लेखिएको पुस्तकको एमाले महासचिव ईश्वर पाखेरेलले विमोचन गरेका हुन । 

बरालको यो पहिलो पुस्तक हो । मुलुकको राजनीतिक, प्रशासनिक क्षेत्रमा भएको समस्यादेखि त्यसको सुधार एवं विकार समृद्धिको मार्ग के हुने भन्ने विषयमा पुस्तक केन्द्रित छ । पुस्तक सार्वजनिक कार्यक्रममा महासचिव पोखरेलले विकास र समृद्धि सबैको सामुहिक प्रयासबाट मात्र सम्भव हुने बताउदै उनले जुन शासनमा पनि जनतालाई सेवा प्रवाह महत्वपूर्ण हुने बताए ।

युवहरुमा अध्ययनको कमी भएको उल्लेख गर्दै पोखरेलले लेखकको प्रशंसा गरे । आगामी दिनमा थप प्रगतिको कामना समेत गरे । उनले भने‘सुनिताजीलाई पुस्तकका लागि बधाई छ ।’ ‘यस पुस्तकमा विभिन्न विषयहरू समावेश गर्नु भएको छ । सबै विषयहरू गहन छन् । त्यसैमा पनि गणतन्त्र, लोकतन्त्र, बहुदलीय जनवादका बारेमा पनि केही प्रसङ्गहरू उठाउनु भएको छ । पुस्तकमा बर्तमान सन्दर्भलाई समेत समेटिएको भए झन राम्रो हुने पोखरेलले सुझाए ।