बिराटनगर - बिराटनगरमा शेयर बजार सम्बन्धी एक दिने  निःशुल्क आधारभुत तालिम सम्पन्न भएको छ । नाशा इन्भेष्टमेन्ट प्रा. लि. विराटनगरको आयोजनामा  आज सो तालिम सम्पन्न भएको हो ।

फेमिलियर इभेन्ट म्यानेजमेन्ट देवानगंजद्वारा सहजिकरण गरिएको सो तालिम स्थानीय विद्याभूमि प्लस टु स्कुलको सभाकक्षमा सम्पन्न भएको हो । १५ दिनको अन्तरालमा १२ पटक सम्म दिइने सो तालिमको पहिलो दिन ५० जना प्रशिक्षार्थीहरु सहभागी भएका थिए । तालिमको पहिलो दिन शेयर बजार सम्बन्धी अधारभुत ज्ञानबारे सहभागीहरुलाई जानकारी गराएको संस्थाका अध्यक्ष अरविन्द मेहताले बताऐ । 

सहभागीहरुलाई  आर्थिक पत्रकार सुरज प्याकुरेलले प्रशिक्षण दिएकाहुन।  तालिममा विद्याभूमी उच्च माविका संस्थापक निर्देशक गुनान्नद महतोले शेयर बजारको महत्व बारे प्रकाश पारे ।  नाशाले आगामी दिनमा प्रदेश एक भरी नै सो तालिम संचालन गर्ने जनाएको छ । १२ दिनको सो तालिम  पूरा गरेपछि सहभागीहरु शेयर बजार सम्बन्धी पूर्ण जानकार हुने नाशाले दाबी गरेको छ ।