विराटनगर - सुनसरीमा मेयरले खोप कटौती गरेको भन्दै रुष्ट बनेका इटहरीका व्यापारीले इनरुवा पुगेर खोप लगाएका छन् । उप–महानगरपालिकाले समन्वय नगरेको भन्दै उद्योग वाणिञ्य संघ इटहरीमा आवद्ध व्यापारीहरुले इनरुवा पुगेर खोप लगाएका हुन् ।

जोन्सन एण्ड जोन्सन खोप लगाउन इनरुवा पुगेका व्यापारीहरुले नगर प्रमुख द्वारिकलाल चौधरीको रवैयाले आफुहरुले सास्ती झेल्नु परेको बताएका छन् ।  उनीहरुले स्थानीय तहको समन्वयमा जिल्लाका अन्य पालिकामा खोप लगाउने कार्य भैरहेपनि इटहरी उपमहानगरपालिकामा भने आफुहरु विभेद परेको बताएका छन् ।

व्यापारीहरुलाई लिएर खोप लगाउन इनरुवा अस्पताल पुगेको उद्योग वाणिज्य संघ इटहरीको टोलीले मेयर चौधरीकै कारण आफुहरुले सास्ती झेल्नु परेको बताएको छ । आफुहरुको कोटामा परेको खोप समेत मेयरले कटौती गरिदिएको संघका पदाधिकारीहरुको भनाई छ । 

इटहरी उद्योग वाणिज्य संघले स्वास्थ्य कार्यालय र सुनसरी प्रशासनसँगको समन्वयमा इनरुवा अस्पतालमा खोप लगाउने व्यवस्था मिलाएको जनाएको छ । उसले फ्रन्टलाइनर मात्रै १९ हजार बढी ब्यापारी रहेको र क्रमश सबैलाई खोप लगाउने विषयमा पहल भैरहेको जनाएको छ ।