विराटनगर - मोरङको सुन्दरहरैंचा नगरपालिकाको एक सुन पसल लुट्ने प्रयासमा संलग्न लुटेरा पक्राउ गर्ने प्रहरीहरूलाई सम्मान गरिएको छ ।मंगलबार एक कार्यक्रमको आयोजना गरी सुन्दरहरैँचा नगरपालिकाले प्रहरीहरूलाई सम्मान गरेको हो ।

प्रदेश नं. १ प्रहरी प्रमुख नायव महानिरीक्षक अरुणकुमार वि.सी, जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक जनार्दन जी.सी, प्रहरी नायव उपरीक्षक मञ्जील मुकारुङ, प्रहरी नायव निरीक्षक दुर्गाबहादुर पोमो र प्रहरी जवान हेमराज तामाङ सम्मानित भएकाछन ।

नगरपालिकाले नगद ५ हजारसहित सम्मानपत्रद्वारा सम्मान गरेको छ । सुन्दरहरैचा वडा नं. १० स्थित त्रिवेणीचौकको शिव पाञ्चायन ज्वेलर्समा असार ३१ गते अज्ञात एक समूहले अत्याधुनिक स्वचालित हतियारसहित लुट्ने प्रयास गरेका थिए । घटनामा संलग्न ७ जनालाई हतियार र सवारी साधनसहित लुटेरालाई पक्राउ गर्न प्रहरी सफल भएको थियो ।