विराटनगर-सुन्दरहरैचा नगरपालिका ७ बाट आठ किलो गाँजा सहित सिटी सफारी चालक पक्राउ परेका छन । पक्राउ पर्नेमा धनकुट्टा शहिद भूमी गाऊपालिका ५ घर भई हाल सुन्दरहरैचा नगरपालिका ५ मा डेरा गरी बस्ने २४ बर्षीय ईमान राई रहेका छन् । सोमबार साढे ३ बजे ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले दक्षिण तर्फ जादै गरेको राईले चलाएको को १ ह ७९८५ नम्बरको सफारी चेकजाँच गर्ने क्रममा लागूऔषध गाँजा फेला परे हो । राईको कोठा समेतमा खानतलासी गर्दा लागूऔषध गाँजा ७ केजी ९८४ ग्राम बरामद गरिएको हो । सिटी सफारी सहित पक्राउ परेका राईलाई ईलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भईरहेको छ ।

