विराटनगर  - कोरोनाको तेस्रो भेरियन्टको प्रकोप नियन्त्रणको प्रयासमा १ नम्बर प्रदेश सरकारले  पूर्वतयारी सुरु गरेको सामाजीक  विकास मन्त्री उषाकला राईले बताएकीछन  ।अस्पतालको व्यवस्थापनदेखि चिकित्सक, स्वास्थ्यकर्मी र अरू कर्मचारीको व्यवस्थापनमा समेत सरकारले ध्यानकेन्द्रित गरेको राईले बताईन । तेस्रो लहरले धनजनको समेत अधिक क्षति हुने आँकलन गरी त्यसको पूर्वतयारी सुरु गरिएको मन्त्री उषाकला राईको  भनाई छ ।

“सक्दो रुपमा व्यवस्थापन गर्न नयाँ तरिकाल ेप्रयास गर्दै छौँ,उनले भनिन  । एक अस्पताल सुव्यवस्थित बनोस् भन्ने गरी मन्त्रालय लागेको छ । अक्सिजन प्लान्ट अनिवार्य देखिएकोले प्लान्ट जडान गर्दै गरेको उनले बताइृन । एचडीयू, आईसीयू र भेन्टिलेटर चलाउनेसम्मको जनशक्ति वृद्धिमा पनि प्रदेश सरकार लागेको उनले बताईन ।

मन्त्री राईका अनुसार प्रदेशका हरेक अस्पतलमा दुई मेडिकल चिकित्सक, दुई विशेषज्ञ चिकित्सकको व्यवस्थापन हुने र को कहाँ जाने भन्ने तय हुँदै गरेको जानकारी उनले दिइन् । “उनका अनुसार तलबभत्ता वृद्धि गरिएको छ । ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बुजस्ता हिमाली जिल्लामा खटिने चिकित्सक र स्वास्थ्यकर्मीलाई ३०० प्रतिशत तलब भत्ताको व्यवस्था हुनेछ,” उनले भनिन, “पहाडी जिल्लामा २५० र तराईमा २०० प्रतिशत भत्ता दिइनेछ ।”

मन्त्री राईले अस्पताललाई उच्च प्रविधियुक्त बनाउन ४० लाखका दरले बजेट विनियोजन गरेको आइतबारको प्रदेशसभा बैठकमा जानकारी गराएकी छन् ।