विराटनगर- मोरङको सुनवर्षी नगरपालिका–९ स्थित पोखरीमा नुहाउन गएका एक पुरुष पानीभित्र डुबिरहेको अवस्थामा मृत फेला परेका छन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार सुनवर्षी–९ का ४५ वर्षीय पतला सहनीलाई पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा फेला पारिएको हो ।
सहनी शनिबार दिउँसो १२ बजेतिर नुहाउनका लागि घरबाट निस्किएर पोखरीमा पुगेको पाइएको उनको भनाइ छ । धनकुमार सिंहको पोखरीमा नुहाउन भनेर गएका सहनीको पोखरीमै डुबेर मृत्यु भएको अवस्थामा शव साँझतिर भेटिएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाका बारेमा अनुसन्धान भइरहेको जनाएको छ ।

