विराटनगर-  मोरङको कटहरी गाउँपालिका–५ स्थित रामजानकी मन्दिरमा सुतेका एक युवाको मृत्यु भएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार मन्दिरको बरण्डामा सुत्नु भएका ३० वर्षीय शिवरतन मुडियारी मृत फेला पर्नु भएको हो ।

मुडियारीलाई गय राति १० बजेतिर मृत अवस्थामा पुजारीले भेटेर प्रहरीलाई खबर गरेको उनले बताए । शुक्रबार दिउँसो २ बजेतिर आएर मन्दिरको बरण्डामा सुतेका युवा मृत भेटिएपछि घटनाका बारेमा प्रहरीले अनुसन्धान थालेको छ । तर प्रारम्भिक अनुसन्धानबाट मृत्युको कारण प्रष्ट हुन नसकेको श्रेष्ठको भनाइ छ । मृत्यु शंकास्पद भने नदेखिएको प्रहरीले जनाएको छ ।