विराटनगर-प्रदेश १ मा पछिल्लो २४ घण्टामा २ महिला र ५ पुरुषले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन भने ८ सय ४७ जनामा कोरोना संक्रमण भएको छ । १ हजार १८९ जनाको पीसीआर परीक्षण गर्दा ३६५ र १ हजार ५२६ जनाको एन्टिजेन परीक्षणगर्दा ४८२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १२४, झापामा १०३, सुनसरीमा ९१, धनकुटामा १४, पाँचथरमा १०, उदयपुरमा ६, भोजपुरमा २, इलाम र तेर्‍हथुममा ४-४ र प्रदेश १ बाहिरका ७ जनामा संक्रमण देखिएको छ । 

मोरङको विराटनगरमा ४९, बेलबारीमा ३१, सुन्दरहरैचामा १०, पथरीशनिश्चरेमा ९, उर्लाबारीमा ८, लेटाङमा ४, बुढीगंगा, कानेपोखरी र स्थानीय तह नखुलेका ३-३, ग्रामथानमा २, रंगेली र मिक्लाजुङमा १-१, झापाको दमकमा २२, विर्तामोडमा २१, मेचीनगरमा १६, भद्रपुरमा १३, अर्जुनधारामा ११, गौरादह, बुद्धशान्ति र स्थानीय तह नखुलेका ५-५, शिवसताक्षीमा २, कमल गाउँपालिका, कचनकवल र कनकाईमा १-१ जनामा संक्रमण पुष्टि भएको छ । 


त्यसैगरि सुनसरीको इटहरीमा ४३, धरानमा ४०, इनरुवामा ३, बराहक्षेत्र र स्थानीय तह नखुलेका २-२, रामधुनीमा १, धनकुटाको धनकुटा नगरपालिकामा ९, शहिदभूमीमा २, महालक्ष्मी, छथर र पाख्रिबासमा  १-१, पाँचथरको फिदिममा ७, हिलिहाङ, मिक्लाजुङ र फालेलुङमा १-१, उदयपुरको त्रियुगामा ४ र स्थानीय तह नखुलेका २, भोजपुरमा २, इलामको चुलाचुलीमा २, देउमाई र सुर्योदयमा १-१, तेर्‍हथुमको म्याङलुङ, लालीगुराँस, फेदाप, छथरमा १-१, प्रदेश १ बाहिरका ७ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको  छ । 

प्रदेश १ मा शुक्रबार ४६५ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २१९ महिला र २४६ पुरुष संक्रमणमुक्त भएका हुन । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ महिला र ५ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।