विराटनगर- प्रदेश १ सभाको बैठक आह्वान गरिएको छ । आगामी साउन २१ गते विहिबार दिउँसो १ बजेका लागि प्रदेशसभाको बैठक आह्वान गरिएको हो ।
संसद सचिवालयले प्रदेशसभाको आठौं तथा बजेट अधिवेशनको बाइसौं बैठक प्रदेशसभा नियमावली, २०७४ को नियम ६ बमोजिम सभामुखको आदेशानुसार सूचना प्रकाशित गरिएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए।
आर्थिक वर्ष २०७८/०७९ बजेट पारित भएपछि असार २५ गते अर्काे सूचना जारी नभएसम्मका लागि भन्दै प्रदेशसभा बैठक स्थगित गरिएको थियो ।

