विराटनगर- प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले नेपालकै होचो भूभाग केचनाकवललाई पर्यटकहरुको गन्तव्य बनाउनु पर्ने बताएकाछन ।
पुरातात्विक, धार्मिक तथा सामाजिक महत्व बोकेको सो क्षेत्रको प्रचार–प्रसार गरि पर्यटकहरुको गन्तव्य बनाउनु पर्नेमा उनले जोड दिए।

विहीबार अवलोकन भ्रमणका क्रममा केचनाकवल पुगेका प्रदेश प्रमुख अधिकारीले पर्यटकीय स्थलहरुको संरक्षण र सम्र्बद्धनमा सरोकारवालाहरुको ध्यानाकर्षण गराए । प्रदेश प्रमुख अधिकारीले सीमा प्रहरी चौकी केचना, सीमा क्षेत्रको ११२ नम्वरको मुख्य पिल्लर, द्रोणाचार्य स्मृति भवन, भद्रपुर नगरपालिकाको किचकवध लगायतको क्षेत्रको पनि अवलोकन भ्रमण गरे ।

उनँलाई कचनकवल गाउँपालिकाका अध्यक्ष अञ्जरा आलमले मेची नदीको पनि अवलोकन गराएकाथिए। प्रदेश प्रमुख अधिकारीले यसअघि पिण्डेश्वर, चतारा र रामधुनिको पनि अवलोकन गरेका थिए ।