विराटनगर-प्रदेश १ मा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा(बुधबार) १४ जनाको मृत्यू १ हजार १ सय ८० जनामा कोरोना संक्रमण देखिएको छ । २ हजार १ सय २४ जनाको पीसीआर परीक्षण गर्दा ६ सय ७८ र १ हजार ७ सय २८ जनाको एन्टिजेन परीक्षण गर्दा ५ सय २ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २६६, मोरङमा १८८, सुनसरीमा १७३, धनकुटामा १२, उदयपुर र तेर्‍हथुममा ५-५, इलाममा ४, भोजपुरमा ३, ताप्लेजुङ, ओखलढुङ्गा र संखुवासभामा १-१ र प्रदेश १ बाहिरका १९ जनामा संक्रमण देखिएको छ ।

झापाको दमकमा ७४, विर्तामोडमा ५७, भद्रपुरमा ३९, मेचीनगरमा २४, कनकाईमा १७, अर्जुनधारामा १४, शिवसताक्षीमा १३, बार्‍हदशीमा ११, बुद्धशान्तिमा ६, कमल गाउँपालिकामा ५, हल्दिबारीमा ४, गौरादहमा २, मोरङको लेटाङमा ५०, विराटनगरमा ४१, बेलबारीमा ३९, केराबारीमा २९, सुन्दरहरैचामा ९, उर्लाबारीमा ५, बुढीगंगा, ग्रामथान, पथरीशनिश्चरे र स्थानीय तह नखुलेका २-२, कटहरी, मिक्लाजुङ, रतुवामाई, रंगेली, कानेपोखरी, धनपालथान र सुनबर्षीमा १-१जनामा संक्रमण पुष्टि भएको हो । 

सुनसरीको धरानमा ११७, इटहरीमा ४४, रामधुनीमा ५, बराहक्षेत्रमा ३, इनरुवामा २, देवानगञ्ज र बर्जुमा १-१, धनकुटाको धनकुटा नगरपालिकामा ५, पाख्रिबासमा ४, शहिदभूमी, छथर र स्थानीय तह नखुलेका १-१, मा १२, उदयपुरको त्रियुगा र उदयपुरगढीमा २-२, चौदण्डीगढीमा १, तेर्‍हथुमको म्याङलुङमा ३, आठराई र स्थानीय तह नखुलेका १-१, इलामको इलाम नगरपालिकामा २, चुलाचुली र स्थानीय तह नखुलेका १-१, भोजपुरको भोजपुर नगरपालिका, षडानन्द र अरुणमा १-१, ताप्लेजुङ र ओखलढुङ्गा र संखुवासभामा १-१ र प्रदेश १ बाहिरका १९ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा बुधबार २०१ जना कोरोना संक्रमणमुक्त भएका छन् ।  संक्रमणमुक्त हुनेमा १ सय महिला र १०१ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा ५ महिला र ९ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।