विराटनगर-  प्रदेश नं १ को नामाकरणको लागि मुख्यमन्त्री शेरधन राईले सक्रियता देखाएकाछन । प्रदेश नं १ को प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलका नेताहरुसँग मुख्यमन्त्री राईले नामाकरणको विषयमा मंलबार परामर्श गरेकाछन ।

चालू अधिवेशनबाटै प्रदेशको नाम राख्नका लागि मुख्यमन्त्री राईले पहलकदमी थालेको बताईएको छ । मुख्यमन्त्री राईले दलका नेताहरुसँग प्रदेशको नामका लागि सहमती गरेर अगाडि बढ्नु पर्ने भन्दै छलफललाई तिब्रता दिएकाछन ।

प्रदेश सभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, माओवादी केन्द्र लगायतका दलका नेताहरुसँग मुख्यमन्त्री राईले मंगलबार छलफल गरेकाहुन । छलफलका क्रममा दलका नेताहरुले आ–आफ्नो पार्टीभित्र समान धारणा बनाएर अगाडि बढ्ने बताएकाछन ।