विराटनगर-विराटनगर महानगरपालिका १७ मटेरुवा चोकबाट भारतीय र अमेरिकी डलर सहित २ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा  भारत उत्तर प्रदेश लखनउ  का ३४ बर्षीय अतुल कुमार र ३५ बर्षीय सन्दिप सिंह रोय रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले शुक्रबार दिउसो १ बजे भारतबाट नेपाल तर्फ आउदै गरेका उनिहरुको साथबाट भारतिय नोट ५०० को २०० थान जम्मा एक लाख भारतीय रुपैयाँ र सन्दिप सिंह रोयको साथबाट भारतिय नोट ५०० को २१७ थान १ लाख ८ हजार ५ सय, अमेरिकन नोट १०० को २१ थान, २० को ५ थान, १० को १ थान , र १ को ४ थान  गरि दुई हजार दुई सय १४ अमेरिकी डलर (शुक्रबारको डलरको भाउ अनुसार ११९ रुपैयाँका दरले २ लाख ६३ हजार ४ सय ६६ नेपाली रकम) सहित दुबै जनालाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागी आन्तरिक राजश्व कार्यालय ईटहरी पठाईएको छ ।

यसै विच विराटनगर महानगरपालिका १६ दरैया स्थितमाबाट लागूऔषध सहित एक जनलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा लेटाङ ६ मिलन चोक का २२ बर्षीय रमेश पाचकोटी रहेका छन् । शुक्रबार दिउसो साढे २ बजे लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषध एभिल १५ एम्पुल, लुपिजेसिक १५  एम्पुल, डाइजाल्याप १५ एम्पुल र फेनारगन १५ एम्पुल सहित पक्राउ गरिएको हो । पक्राउ परेका उनको ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।