विराटनगर-काठमाडौं मेडिकल कलेज किनेको झण्डै तीन महिना पछि नै डा.सुनिल शर्माले नेपालगञ्ज मेडिकल कलेजको ५५ प्रतिशत शेयर २०० करोडमा किनेका छन । विराटनगरको नोवेल मेडिकल कलेज सहित शर्मासंग अब तीनवटा मेडिकल कलेज छन भने काठमाडौंमा नै पिपुल डेन्टल कलेज संचालनमा छ । 

जहा अहिले सम्पूणर् सुविधा सहितको अस्पताल र विडिएस पढाइ हुदै आएको छ । सम्पूणर् पूर्वाधार सहितको पिपुल्स टेन्टललाई  मेडिकल कलेजका रुपमा संचालन गर्न सबै पूर्वाधार निर्माण गरिएको छ । तर सरकारले स्वीकृती नदिएको कारण मेडिकल कलेज संचालन हुन सकेको छैन । 

गोविन्द केसीको आन्दोलनका कारण सरकारले नयाँ मेडिकल कलेजको स्वीकृती नदिएपछि डा.शर्माका आँखा पुराना तर संचालनमा कठिनाई भोगिरहेका मेडिकल कलेज तिर गएका छन । जस्को कारण एक पछि अर्को मेडिकल कलेज थपेर शर्मा मुलुकभरि एउटै व्यवस्थापन भएको मेडिकल अस्पतालहरुको चेन निर्माण गर्न चाहन्छन । 

व्यवस्थापनमा निकै कडा र सुधारमा निकै प्रभावकारी टिम शर्मासंग छ । जस्को कारण घाटामा गएका कलेज र अस्पतालहरुलाई चुस्त ब्यवस्थापनले केही समयमा नै नाफामा लैजान सक्ने खुबीका कारण शर्मा मेडिकल क्षेत्रमा सफल व्यवसायीका रुपमा चिनिन्छन । सिंगै परिवार र आफन्त समेत मेडिकल क्षेत्रमा कुनै न कुनै क्षेत्रमा संलग्न गराएकाले उनले अस्पतालको उपल्लो तहदेखी तल्लो तहका समान्यकुरा समेत तत्कालै जानकारी पाउने नेटवर्क उनीसंग छ । तर धेरै मेडिकल अस्पताल संचालकहरु यसमा चुकेका छन । 

काठमाडौं मेडिकल कलेज किन्नु पूर्व एक बर्षअघि नै शर्माले  नेपालगञ्ज मेडिकल कलेज किन्ने तयारी गरेका थिए । तर व्यवस्थापनसंगको सहमति ढिला भएको कारण उनले केएमसी पहिले किने । नेपालगन्ज मेडिकल कलेजका प्रबन्ध निर्देशक डाक्टर सुरेश कुमार कनोडियाले मेडिकल कलेज बिक्री भएको बताए । ‘मेडिकल कलेजमा रहेको हाम्रो शेयर बिक्री गरिसक्यौं, अब कलेज सुनिल जी ले चलाउनुहुन्छ’ प्रबन्ध निर्देशक डाक्टर कनोडियाले भने । 

नेपालगन्ज मेडिकल कलेजमा कनोडिया ग्रुपको बर्चश्व शेयर रहेको थियो । मेडिकल कलेजमा राजनीति गर्ने, काम नगर्ने र हाजिर लगाएर जागिर खाँदै आएका कर्मचारीहरु अब सुनिल शर्माको ब्यवस्थापनले तह लाग्ने प्रबन्ध निर्देशक डाक्टर कनोडियाले बताए । 

कलेजमा आवश्यकता भन्दा बढि कर्मचारी रहेको र कर्मचारी कटौती गर्नु पर्ने स्थिती रहेको पनि उनले बताए । नेपालगन्ज मेडिकल कलेज खरिद कर्ता सुनिल शर्माले पहिलो चरणमा हाजिर लगाएर काम नगरि बस्ने, प्रशासन प्रमुख, स्टोर प्रमुख, ब्यवस्थापन प्रमुख लगायतका मुख्य ईन्चार्जहरु परिर्वतन गरि काठमाण्डौंबाटै नयाँ कर्मचारी ल्याउन लागिएको श्रोतले जनाएकोछ ।