विराटनगर- स्नातकोत्तर क्याम्पस विराटनगरमा आज वृक्षरोपण कार्यक्रम गरिएको छ । रोटरी क्लव विराटनगर सेन्ट्रल र नेपाल जोलोजिकल सोसाइटी प्रदेश १ को संयुक्त आयोजनामा काष्ठ र श्रृंगारिक जातका बहुमूल्यवान् पाँचसय वटा विरुवा रोप्ने योजना मध्येबाट दुई सय विरुवा रोपिएको हो ।
स्नातकोत्तर क्याम्पसमा स्थापना गरिएको बोटानिकल गार्डेनमा विभिन्न प्रजातिका विरुवा रोपिएपछि स्नातकोत्तर तहका विद्यार्थीहरुका लागि समेत उपयोगी हुने कार्यक्रमका वक्ताहरुले बताए । वृक्षरोपण स्थलमा आयोजित कार्यक्रममा क्याम्पस प्रमुख महेश खत्रीले विरुवा रोपेर हरियाली बनाउनु पनि विश्वविद्यालयको एउटा अंग भएको बताए ।
प्राध्यापक संघका सभापति प्रा.डा टुनराज भट्टराईले विरुवाले जगतलाई लाभहुने बताए । जोलोजीविभागका प्रमुख प्रा डा दामोदर थापाले यहाँजीव सम्बन्धी धेरै अनुसन्धान हुने भएकोले वृक्षरोपण कार्य स्वागत योग्य रहेको बताए । नेपाल जोलोजिकल सोसाइटी प्रदेश १ का अध्यक्ष शालीग्राम अधिकारीले स्नातकोत्तर स्थापित बोटानिकल गार्डेनको जैविक विविधता र क्षेत्रफल समेत वृद्धि गर्नुपर्ने अवस्था रहेको र यस कार्यका लागि वृक्षरोपणले टेवा पुर्याउने जानकारी दिए ।
रोटरी क्लब विराटनगर सेन्ट्रलकी अध्यक्ष मुन थपलियाले विरुवा रोपेर मात्र नहुने भएकाले हुर्काउन समेत महत्वपूर्ण हुने भएको र सो स्थानमा विरुवा हुर्किने ग्यारेन्टी भएकोले स्थान छनौट गरिएको प्रस्ट्याईन । रोपिएका विरुवाहरुलाई मलजल गरी हुर्काउने जिम्मेवारी स्नातकोत्तर क्याम्पसलाई दिइएको छ । सो कार्यक्रममा रोटरी क्लबकी जीना थापा, वातावरण पत्रकार रामचन्द्र अधिकारी लगायतले मन्तव्य राखेकाथिए ।

