विराटनगर- विराटनगर जुनियर जेसिजले सरलता भित्र जटिलता /प्राकृतिक जीवन शैली विषयक अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । भर्चुअल मार्फत गरिएको अन्र्तक्रिया कार्यक्रमको प्रमुख बक्ताका रुपमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिकल विभागका सहप्राध्याक डा. अग्रज उप्रेती रहेकाथिए । जीना शर्माको अध्यक्षतामा भएको अन्र्तक्रिया कार्यक्रममा विराटनगर जुनियर जेसिजका संस्थापक अध्यक्ष डा.सन्देशदास श्रेष्ठ, विराटनगर जेसिजका अध्यक्ष
प्रदिप दाहाल, राष्ट्रिय जुनियर जेसिज संयोजक सन्तोष पन्त, विभिन्न क्षेत्रका संयोजकहरु, विराटनगर जुनियर जेसिजका निरुपित संयोजक मिलाप कर्ण, विराटनगर जुनियर जेसीज र विराटनगर जेसिजका विभिन्न वर्षका पूर्व अध्यक्षहरु, विराटनगर जुनियर जेसिजका बोर्डका पदाधिकारी तथा सदस्यहरु, विभिन्न शाखा अध्यक्ष लगायत ८६ जनाको सहभागिता रहेको विराटनगर जुनियर जेसिज उपाध्यक्ष हेनरिका ढकालले बताइन ।
उनका अनुसार विराटनगर जुनियर जेसिजले यसअघि साइवर सुरक्षाका विषयमा सचेतनामुलक कार्यक्रम गरेको थियो ।

