विराटनगर- प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले प्रदेश १ लाई आर्थिक रुपमा समृद्ध बनाउन व्याण्ड भर्सेस ब्राण्डको अवधारणा ल्याईएको बताएकीछिन । समृद्ध प्रदेश निर्माणका लागि अरुको मुख ताक्नु नपरोस् भनेर व्याण्ड भर्सेस ब्राण्डको अवधारणा ल्याईएको उनले बताइन ।
सामाजिक विकास मन्त्रालयका सचिव गोविन्द कार्कीको आइृतबार विदाई कार्यक्रममा मन्त्री राईले सो कुरा बताएकिहुन । व्याण्ड भर्सेस ब्राण्डको अवधारणा प्रदेश सरकारको नीति तथा कार्यक्रममा समावेश भएर काम अघि बढाईएको मन्त्री राईले बताईन । उनले भनिन सिंगो प्रदेशको नेतृत्व सामाजिक विकास मन्त्रालयले गर्ने छ ।’ दीर्घकालिन लक्ष्य राखेर व्याण्ड भर्सेस ब्राण्डको अवधारणा अघि बढाईएकाले यसबाट धेरैको रोजगारी सिर्जना हुने मन्त्री राईको भनाई छ । कार्यक्रममा विदाई भएका सचिव कार्कीले १ वर्ष १ महिनाको बसाईमा धेरै समय कोरोना संक्रमण नियन्त्रणमा केन्द्रित हुनु परेको बताए ।
उनले मन्त्रालयको सचिव भएर आएकै दिन देखि कोरोना संक्रमण नियन्त्रणमा लाग्नु परेको बताए । कोरोनामा धेरै ध्यान केन्द्रित गर्दा मन्त्रालयका अन्य क्षेत्रका कतिपय काम हुन नसकेको उनले बताए । कोरोनाका कारण श्रम तथा रोजगार क्षेत्रको तालिमका लागि आएको बजेट नै फिर्ता गर्नुपरेको उनको भनाइ थियो ।
कार्यक्रममा सामाजिक विकास मन्त्रालयका उपसचिव कृष्णप्रसाद पोखरेल, प्रदेश शिक्षा निर्देशनालयका निर्देशक राजेन्द्र बुढाथोकी, सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख सागर प्रसाई लगायतले आफ्नो भनाई राखेकाथिए । मन्त्रालयका सचिव कार्कीको उद्योग, वाणिज्य तथा आपुर्ती मन्त्रालयमा सरुवा भएको छ । सामाजिक विकास मन्त्रालयमा प्रदेश १ मुख्यमन्त्री कार्यालयबाट कमल भट्टराई आउने भएका छन ।

