विराटनगर– मोरङको रंगेली ५ आपगाछीमा नवजात शिशु हत्या घटनामा संलग्न एकै परिवारका चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।नवजात शिशु हत्या आरोपमा मृतकका वुवा २८ बर्षीय अरुण मण्डल, उनकी श्रीमती २५ बर्षीया खुश्वु मण्डल, आमा ४८ बर्षीय उर्मीला मण्डल, ५० बर्षीय बुवा नागेश्वर मण्डललाई सोमबार पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले बताए ।


असार २७ गते साँझ साढे ८ वजेतिर २५ बर्षीया खुश्वु मण्डलले छोरी जन्माएकी थिईन । उनले शिशुलाई जन्माए लगत्तै ब्लाङ्केटले थिचेर हत्या गरी रंगेली ५ चाँदनी चोकमा आमा बुवाले सञ्चालन गर्दै आएको मदिरा पसल भित्र गाड्न खोजेको पाईएको प्रहरीले जनाएको छ । शिशु हत्या घटनाका आरोपित विरुद्ध कर्तव्य ज्यान कसुरमा अनुसन्धान भईरहेको डिएसपी श्रेष्ठले बताए ।