विराटनगर-प्रधानमन्त्री शेरबहादुर देउवा सहित ४ मन्त्रीहरुले राष्ट्रपति भवनमा पद तथा गोपनियताको सफत लिएका छन । बेलुका ६ बजे लिने भनिएको सपथ कार्यक्रम प्रधानमन्त्रीको नियुक्ती संविधानको कति धारा बमोजिम हो भन्ने राष्ट्रपति कार्यालयले नखुलाएको कारण देउवा रुष्ट बनेका थिए । नियुक्ती सच्चिएपछि मात्र देउवाले ८ बजे सफत लिएका हुन । 

देउवाले संविधानको ७६(५) बमोजिम प्रधानमन्त्रीको सफथ लिएका हुन । 

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री देउवा र चार जना मन्त्रीहरुलाई पनि सीतल निवासमा शपथ खुवाइएकी हुन । नवनियुक्त मन्त्रीहरुमा गृहमन्त्रीमा बालकृष्ण खाँण, कानुन न्याय तथा संसदीय मामिला मन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की, उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रीमा पम्फा भुसाल र अर्थमन्त्रीमा जनार्दन शर्मा रहेका छन् ।