विराटनगर  - स्थानीय तहले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउँदै लगेको पाईएको छ । कोरोना संक्रमण नियन्त्रणमा स्थानीय सरकारको भूमिका प्रभावकारी देखिएको छ । स्थानीय तह मार्फत स्वास्थ्य सेवालाई थप सुधृढ बनाउन प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाले थप योजना तथा कार्यक्रमहरु प्नि अघि सारेको छ ।

कोभिडबारे सचेतनामुलक कार्यक्रममा स्थानीय तह को भूमिका प्रभावकारी पाईएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर वस्नेतले बताए । कोभिडका कारण स्थानीय स्तरमा गएर स्वास्थ्य सेवाका कार्यक्रम सञ्चालनमा समस्या देखिएकाले विभिन्न सञ्चारमाध्यम मार्फत पनि काम भईरहेको उनले बताए । सन्देश प्रवाहमा सञ्चारमाध्यम प्रभावकारी पाईएकाले स्वास्थ्य निर्देशनालयले सोही अनुसार काम गरिरहेको उनले बताए ।


कोभिडको समयमा स्थानीय तहको भूमीका प्रभावकारी रहेको सुनवर्षी नगरपालिकाका स्वास्थ्य संयोजक किशोर मण्डलले बताउनुभयो । उहाँले वडा–वडा सम्म स्वास्थ्य सेवाका कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । महामारीको समयमा स्थानीय तहहरुले राम्रोसँग काम गरेको उनले बताए । स्वास्थ्यको नीति कार्यक्रम बनाउन तथ्याङ्कको महत्वपूर्ण हुने प्रदेश स्वास्थ्य निर्देशनालयका तथ्याङ्क अधिकृत मुकुन्द दाहाल बताउनुहुन्छ ।

स्थानीयतहरुलाई पनि तथ्याङ्कका आधारमा नीति कार्यक्रम बनाउन सहयोग मिलेको उनले बताए । स्वास्थ्य सेवाका धेरै सूचनाहरु सञ्चार माध्यमबाट पाउने गरेको विराटनगर ५ का मनोज मगरले बताए । स्वास्थ्यको सूचनाको लागि मिडियाको भूमिका प्रभावकारी देखिएको उनले बताए ।