विराटनगर- मोरङको बूढीगङ्गामाजग्गा र हार्डवेयर व्यवसायीएवं मालपोतकाकर्मचारी चढेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । कोसी लोकमार्गअन्तर्गत बूढीगङ्गागाउँपालिका–१ स्थित आरती स्ट्रिप्स उद्योगअगाडि शनिबार राति ११ः४५ बजेतिर भएको दुर्घटनामा हार्डवेयर व्यवसायीको ज्यानगएको हो ।
प्रहरीकाअनुसार दक्षिणतर्फ जाँदै आउँदै गरेको बा १८ च ९७६ नम्बरको कार अनियन्त्रितभएर दुर्घटना हुँदाजग्गाव्यवसायी र मालपोतकाकर्मचारी गरेर चार जना घाइते भएका छन् । तीव्र गतिमा रहेको कार आफै अनियन्त्रितभएर बिजुलीको पोलमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर जग्गाकारोबारी एवं हार्डवेयर व्यवसायीविराटनगर महानगरपालिका–३ का ४० वर्षीय रमेश आचार्यको मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी प्रमुखएसपीवासुदेव खतिवडाले जानकारी दिए।
आचार्यको विराटनगरको खारजीमा हार्डवेयर पसल छ । दुर्घटनामा परेर गम्भीर घाइते भएपछि उनलाई उपचारकालागिविराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पताल ल्याइएको थियो । भेन्टिलेटर अभावमाउपचार सम्भवनभएको भन्दै विराटले थपउपचारकालागि न्युरो अस्पताल रेफर गरिदियो । आचार्यको उपचारकै क्रममाआजबिहान ५ः१५ बजेतिर न्युरो अस्पतालमा मृत्यु भएको एसपी खतिवडाको भनाइ छ । चिकित्सकले उपचारमाध्याननदिँदाआचार्यको मृत्यु भएको भन्दै आक्रोसितबनेकाआफन्तले न्युरो अस्पतालमा केहीबेर होहल्ला गरेकाथिए ।
गम्भीर अवस्थाका घाइतेलाई तत्काल भेन्टिलेटरमा नराखिएको र उपचारमाचिकित्सकले ढिलाई गरेको भनेर आफन्तआक्रोसितबनेकाहुन् । एसपी खतिवडाका अनुसार कार दुर्घटनामा परेर चालक बूढीगङ्गा–१ का ४५ वर्षीय महाप्रसाद भट्टराई, ४० वर्षीय भीमप्रसाद घिमिरे, ३३ वर्षीय सन्तोष घिमिरे र विराटनगर–३ का २० वर्षीय विवेक नेपाल घाइते भएका छन ।

