विराटनगर /  प्रदेश १ सरकारले प्रदेशसभालाई झुठ बोल्ने थलो बनाएको नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले आरोप लगाएका छन् । प्रदेशसभाको बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै प्रमुख सचेतक कार्कीले प्रदेश सरकारले कोशी कोभिड अस्पताल बनाएर चलाइरहेको भनेर संसदमा पटक पटक झुठ बोलेको आरोप लगाएकाछन ।

सरकारले बनाएको कोशी कोभिड अस्पताल लामो समयदेखि बन्द रहेको र नागरिकले स्थापना गरेको नागरिक केयर सेन्टरलाई सरकारले बनाएको भन्दै सरकारले जनतालाई र सांसदहरुलाई समेत ढाँट्ने गरेको आरोप कार्कीले लगाएकाहुन् । कार्कीले अघि भने संघीय सरकारले सातै प्रदेशका मुख्यमन्त्री हरुका लागि काठमाण्डौ गएको बेला बस्नका लागि अपार्टमेन्ट उपलब्ध गराएको भएपनि छुट्टै घर भाडामा लिएर करोडौं रुपैयाँखर्च गरेको छ ।

‘ नेपाली कांग्रेसमाथि देशका धेरै कुरा बेचेको आरोप लगाउनेहरु रातारात वायुसेवानिगम बिक्री गरेको विषयमा नबोलेको कार्कीको आरोप थियो । उनले सरकारले बिचौलिया र ददालहरुलाई संरक्षण गरेको आरोप लगाउँदै कोशी टप्पुको उकास जमिन विगतमा जुटमिलको शेयर हिनामिनागर्ने निलहरी काफ्लेलाई लिजमादिएको घटनाको निन्दा गरे  ।उदयपुरमा सरकारी जमिन व्यक्तिलाई भोगचलन गर्न दिएकोमा कार्कीले आपत्ति जनाए।  

बिहीबारको प्रदेशसभा बैठकमा कांग्रेस संसदीय दलका सचेतक केदार कार्कीले विराटनगर जुटमिलको सेयरमा घोटाला गर्ने व्यक्तिलाई सरकारी जमिन जिम्मा लगाउन लागेको भन्दै विरोध जनाए । यती, ओम्नी, विराटनगर जुटमिल हुँदै कोशीटप्पुको जमीनमाथिसमेत दलालहरुको हालिमुहाली भएको भन्दै वर्तमान सरकार नै सेटिङवालाहरुले चलाएको आरोप कार्कीकोे छ ।