विराटनगर-कोशी व्यारेज नियन्त्रण कक्षका अनुसार असार १९ गते बिहान ९ः३५ बजे अहिले सप्तकोसी नदिको पानीको वहाव प्रति सेकेन्ड २ लाख ३१ हजार ६ सय ५५ क्युसेक रहेको छ । व्यारेजका ५६ मध्ये ३० ढोका खुल्ला गरिएको छ ।


कोशी ब्यारेजको निर्माणताका २०११ सालमा यसको क्षमता १२ लाख क्यूसेक पानी नियन्त्रण गर्न सक्ने थियो । तर ब्यारेज पुरानो भएकाले र सिमेन्टको आयु ५० बर्ष मात्र हुने भएकाले अहिले कोशी ब्यारेजको पानी नियन्त्रणको क्षमता घटेको छ । अत्याधिक बालुवाले ब्यारेजको सतह पुरिएकाले अहिले कोशी ब्यारेजको पानी थेग्ने क्षमता कति हो यकिन छैन । तर तीन लाख क्यूसेक पानी कटेपछि खतराको अवस्थाको घोषणा गरिन्छ ।