विराटनगर- ​निषेधाज्ञाका कारण ५८ दिनसम्म बन्द भएका आन्तरिक हवाई उडान बिहीबारदेखि शुरु भएको छ । बिहीबारको उडानमा ५० प्रतिशत उडानमा मात्रै विमान कम्पनीहरुले सेवा प्रवाह गरेका छन् । कोटा प्रणालीका आधारमा उडान छुट्टयाइएकोमा बुध्द एयरले सबैभन्दा बढी ३१ वटा उडान पाएको थियो । कम्पनीका अनुसार ३१ वटा उडानबाट ३८ सय यात्रुले यात्रुले यात्रा गर्न सक्ने भए पनि बिहीबार ३५ सय बुकिङ भएको छ ।


बुध्द एयरका सेल्स एण्ड मार्केटिङ निर्देशक रुपेश जोशीले यो निकै उत्साहजक संख्या भएको बताए । नागरिक उड्ययन प्राधिकरणका अनुसार उडान तालिका अनुसार प्रतिघण्टा ७ वटा मात्रै उडान हुने हुँदा विमानस्थलमा यात्रुको भिड देखिएको छैन । काभिडविरद्धको निर्देशिका अनुसार उडान सेवा सञ्चालन भइरहेकाले हाल हरेक यात्रुको तापक्रम मापन, ह्याान्ड सेनिटाइजरको व्यवस्था, विमानभित्र मास्क र फेससिल्डको अनिवार्य प्रयोगको व्यवस्था गरिएको छ ।


हाल बुध्द एयरसँग १५ वटा विमानमध्ये १० वटा एटीआर ७३, ३ वटा एटीआर ४२ र २ वटा बिचक्राफ्ट जहाजहरु रहेका छन् ।CM