विराटनगर-झापा, मोरङ, र सुनसरीका तीन छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ६ जना पक्राउ परेका छन् । मोरङको बेलवारी  नगरपालिका-१ हटिया लाईनबाट लागुऔषध ट्याब्लेट सहित ४ जना, झापाको मेचीनगर नगरपालिका-६ बाट ब्राउनसुगर सहित १ जना र सुनसरीको लौकहीबाट डाईलक्स डि.सी. सहित १ जना पक्राउ परेका हुन् ।


ईलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले मंगलवार दिउँसो बेलवारी नगरपालिका-१ का २५ बर्षीय रिकल कोईराला, २४ बर्षीय केशव गुरुङ, २७ बर्षीय बिशाल गुरुङ र ३५ बर्षीय सुरज गुरुङलाई डियाजलेब १७ एम्पुल, फेनेरगन १७ एम्पुल, एभिल १७ एम्पुल र लुपिगेसिक १७ एम्पुल सहित पक्राउ गरेको हो ।


यसैगरी ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले आज बिहान ४ बजे, ३ ग्राम लागुऔषध ब्राउनसुगर सहित मेचीनगर नगरपालिका-६ का २७ बर्षीय देवेन्द्र थापालाई पक्राउ गरेको हो । यस्तै ईलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले धरान उप-महानगरपालिका-१२ घर भई ईटहरी बस्दै आएका ४२ बर्षीय दुधिर श्रेष्ठलाई २० बोतल लागुऔषध डाईलक्स डि.सी. सहित कोशी गाउँपालिका-१ बाट पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।