विराटनगर-मोरङ जिल्लामा सातौँ पटक थप गरिएको निषेधाज्ञामा केही खुकुलो बनाउँदै अधिकांश पसलहरु १२ बजेसम्म खोल्न पाइने गरि निणर्य गरेको छ । निषेधाज्ञा अवधिभर खाद्यान्न, तरकारी, फलफूल, मासु, दूध डेरीसँगै पुस्तक पसल, हार्डवेयर, इलेक्ट्रोनिक्स, लत्ताकपडा, ड्राइक्लिनर्स, जुत्ताचप्पल, कस्मेटिक्स, भाडा पसल, गाडीका शो रुम, सुनचाँदी, प्लास्टिक तथा मेसिनरी पसल बिहान ११ बजेसम्म खोल्न पाइने ब्यवस्था गरिएको छ ।
त्यस्तै मलखाद्य, बीउ बिजन, कुखुराको चल्ला, दाना पशुपंछीको आहारा लगायत कृषिजन्य पसल बेलुकी ६ बजेसम्म खोल्न पाइने भएको छ । उल्लेखित पसलहरु खोल्दा सुरक्षा मापदण्ड अपनाउन आग्रह गरिएको छ । मोरङमा ४ हजार २१४ सक्रिय संक्रमित रहेका छन् ।

