विराटनगर-  मोरङको कटहरीका काठ व्यापारीमाथि निर्घात कुटपिट भएको छ । पुरानो रिसिइवीलाई लिएर कटहरी ३ का ६५ वर्षीय उचितलाल साह र छोरा ३५ वर्षीय अजय साहले कुटपिट गरेको कटहरी–२ हल्दीवारीका जय हनुमान भेनियर उद्योग सञ्चालक ५० वर्षीय सञ्जयकुमार करवाले बताए ।

कुटपिटबाट करवाको टाउँकोमा गहिरो चोटपटक लागेको छ । बाबुछोराले ढुंगाले आक्रमण गर्दा करवाको टाउँकोमा ६ टाँका लगाइएको छ ।  निर्घात कुटपिट गर्दा पनि मोरङ प्रहरीले जाहेरी नलिएको व्यापारी करवाले गुनासो गरे । विराटनगरमा आइतबार पत्रकार सम्मेलन गर्दै करवाले टाउँमा चोटपटक लागेको देखाउँदै कुटपिट गर्ने विरूद्ध मोरङ प्रहरीमा जाहेरी दिँदा पनि दर्ता नगरी उल्टै मिल्न दबाव दिने गरेको गुनासो गरे ।

प्रहरीले जाहेरी नलिँदा आक्रमण गर्नेहरू खुलेआम गाउँघरमा हिँड्ने गरेको उनले बताए। यता मोरङ प्रहरीका प्रवक्ता डिएसी मानबहादुर राईले भने मोरङ प्रहरीमा अहिलेसम्म जाहेरी नआएको बताए। जाहेरी आएको खण्डमा प्रहरीले दर्ता गर्ने उनले स्पष्ट पारे।