विराटनगर - कोरोना नियन्त्रणका लागि गरिएको लकडाउनले समस्यामा परेका विराटनगर १९ का विपन्न परिवारलाई राहत बितरण गरिएको छ । नेपाली समाज जर्मनको सहयोगमा हामी युवा विराटनगरले विराटनगर १९ खापटोलका १ सय विपन्न परिवारलाई राहत सामाग्री बितरण गरेको हो ।
कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली, विराटनगर १९ का वडा अध्यक्ष बद्रीनारायण सरदार र हामी युवा संस्थाका संस्थापक सविन दाहाल लगायत विभिन्न समाजिक व्यत्तित्वहरुले विपन्न परिवारका सदस्यहरूलाई राहत सामाग्री हस्तान्तरण गरेका थिए ।
प्रत्येक परिवारलाई २५ किलो चामल, दाल, खाने तेल, पिठो, चिनी, चना, मटर, नुन, सावुन, मसला लगायतका खाद्यान्न सामाग्री बितरण गरिएको हामी युवाकी अध्यक्ष जीना कार्कीले जानकारी दिइन् ।
विभिन्न समाजिक तथा युवाहरुको क्षेत्रमा सक्रिय कार्यगरिरहेको सो संस्था प्रदेश नं १ मा नै भिन्न पहिचान वनाउन सफल संस्था रहेको छ ।

