विराटनगर-  प्रदेश १ सरकारले आज आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि बजेट प्रस्तुत गर्दैछ । संवैधानिक प्रावधान अनुसार बजेट प्रस्तुत हुन लागेको हो । मंगलबार दिउँसो ३ बजे प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री टङ्क आङ्कबुहाङले बजेट प्रस्तुत गर्नु हुने छ ।

आर्थिक मामिला मन्त्रालय स्रोतले आगामी आर्थिक वर्षका लागि ३२ अर्ब हाराहारीको बजेट प्रस्तुत हुने जनाएको छ । चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजारको बजेट ल्याएको थियो । तर आगामी आर्थिक वर्षका लागि ३२ अर्ब हाराहारीको मात्रै बजेट आउने बताइएको छ ।

प्रदेशसभाको बजेट प्रस्तुत गर्ने दोस्रो मन्त्री हुने अवसर मन्त्री आङ्बुहाङले पाएकाछन  । उनले गैरसांसदका रुपमा बजेट प्रस्तुत गर्ने छन । तत्कालिन माओवादी केन्द्र संसदीय दलका नेता आङ्बुहाङ नेकपा विभाजनपछि एमालेमा प्रवेश गरेकाथिए । एमाले प्रवेश गरेपछि उनलाई नेकपा (माओवादी केन्द्र)ले संसद पदबाट हटाएको थियो ।