विराटनगर- विराटनगरस्थित विराटनगर अस्पताल प्रालिले १४ शय्याको मोडुलर आई.सि.युसँगै ११ शय्याको न्युरो सर्जिकल आई.सि.यु सेवा सुरु गरेको छ । बुधबार एक कार्यक्रमको आयोजना गरी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले अस्पतालको सो सेवाको उद्घाटन गरे ।

मोडुलर आई.सि.युमा संक्रमणको दर अत्यन्तै कम हुने, संक्रमित रोग भएका बिरामीलाई अन्य बिरामीसँग छुटाएर राख्न ४ वटा शय्या रहेको प्रदेशको पहिलो मोडुलर आई.सि.यु. रहेको दाबी नर्सिङ होमले गरेको छ । बिरामीलाई घरबाटै आफन्तहरुले हेर्न सकिने कम्प्युटराईज्ड व्यबस्था पनि गरिएको सुबिधा सम्पन्न  मोडुलर आई.सि.यु.बाट सहज हुने र कोभिड १९ को महामारीका क्रममा घरबाट बिरामीको आफन्तहरुलाई सहजता दिलाउने उद्धेश्यसहित आई.सि.यु सञ्चालनमा ल्याइएको इन्चार्ज डा.ललित राजबंशीले जानकारी दिए ।

यससंगै विराटनगर अस्पतालमा बिभिन्न बिभाग गरेर १ सय २ बेड रहेको अत्याधुनिक आई.सि.यु. भएको छ ।