विराटनगर-नेपाल उद्योग परिसंघको संयोजनमा विराटनगरको हाटखोलामा रहेका विपन्न १ सय १ मजदुर परिवारलाई राठी स्विच इन्डस्ट्रीजको सहयोगका खाद्यान्न बितरण गरेको छ ।
राठी स्विचका संचालक राजेन्द्र राठीले उद्योग बन्द भएको कारण उद्योगमा काम गर्ने विपन्न परिवार लामो लकडाउनमा आर्थिक समस्यामा रहेकाले उनीहरुलाई १ लाख बराबरको खाद्यान्न सामाग्री बितरण गरेका हुन ।
नेपाल उद्योग परिसंघले प्रदेश नम्बर १ को सुनसरी मोर» औद्योगिक करिडोरका विपन्न मजदुरहरुलाई विभिन्न उद्योग तथा संस्थाहरुको सहयोगमा राहत सामाग्री बितरण गर्दै आएको संघका महानिर्देश बिजयहरी शर्माले जानकारी दिए ।
मुलुक कोरोना संक्रमणको दोश्रो लहरको चुनौतिको समाना गरिरहेको बेला भएको कडा लकडाउनले विभिन्न उद्योग र कलकारखानामा काम गर्ने कामदारहरु बेरोजगार भइरहेको अवस्था छ । कडा लकडाउन, आवागमन र ढुवानीमा अवरोध अनि कामदारलाई आवतजावत गर्नसमेत रोक लगाइएका कारण प्रदेश नम्बर १ का अधिकांश उद्योग आधा क्षमतामा सञ्चालन गर्न बाध्य हुनुपरेको छ । यसले गर्दा आधाभन्दा बढी औद्योगिक कामदार अहिले खाए भरे के खानेको विवशताले पीडित भइरहेको हालको अवस्थामा परि संघले खाद्यान्न वितरणको कार्यक्रम संचालन गरिरहेको छ ।
मजदुरलाई बितरण गरिएको खाद्यान्नमा चामल १० किलोग्राम सहित दाल १ के जी , खाने तेल, नून, बिस्कुट लगायतको सामाग्री बितरण गरिएको छ । स्वास्थ्य प्रोटोकललाई पालना गर्दै भौतिक दुरी कायम गरेर राहत वितरण गरिएको थियो ।

