विराटनगर - चीन सरकारले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको ‘भेरोसेल’ खोप आउँदो जेठ २५ गतेदेखि ६० देखि ६४ वर्ष उमेरका नागरिकलाई लगाउने सरकारले जनाएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अनुदानमा आएको खोप आउँदो २५ गतेदेखि लगाइने छ ।
नागरिकले खोप लगाउन जाँदा सरकारी कागजात वा वडा कार्यालयले दिएको सिफारिस लैजानुपर्नेछ ।चीनले यसअघि पनि आठ लाख डोज खोप अनुदानमै दिएको थियो । चीनले अनुदान घोषणा गरेको १० लाखमध्ये नौ लाख डोज खोप मंगलबार काठमाण्डौ आइपुगेको छ ।
एक लाख डोज बुधबार आइपुग्ने बताइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको आग्रहमा चिनियाँ राष्ट्रपति सी जिनफिङले अनुदानमा खोप दिने घोषणा गरेकाथिए ।सोही अनुसारको खोप नेपाल आईपुगेको हो ।

